उडिरहेको जहाजमा चुरोटको धुवाँ देखिएपछि - Update


उडिरहेको जहाजभित्र चुरोट तान्ने कैलालीको टीकापुरका नारायण उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बुधबार मध्याह्न सवा ३ बजे बुद्ध एयरको काठमाडौं –धनगढी  उडानमा उपाध्यायले जहाजभित्रै चुरोट सल्काएपछि तनाव भएको थियो । 

प्रारम्भिक जानकारी अनुसार जहाज उडिरहेकै बेला शौचालय गएका उनी निस्कदा चुरोट तान्दै सिटमा बसेका थिए ।


जहाजमा चुरोटको धुवाँ देखिएपछि यात्रुहरु जहाजमा आगो लागेको ठानेर आत्तिएका थिए । ती यात्रुसँग विस्तृत सोधपुछपछि थप जानकारी भएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए । जहाज अवतरण भएलगत्तै उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कान्तिपुर

Post a Comment

Previous Post Next Post