पोखरा , साउन १७ । आज पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका बिभिन्न प्रयोगशालामा गरिको परिक्षणमा सो संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा कास्कीका सबैभन्दा बढी ३६ जना रहेका छन् भने स्याङ्गजाका २० जना रहेका छन् ।
त्यस्तै बाग्लुङका १४ जना , नवलपरासी (पुर्व) र लमजुङका ७/७ जना , तनहुँका २ जना संक्रमित भएका छन् भने मुस्ताङ र पर्वतमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
Tags:
News