अविरल वर्षा संगै आएको बाढीले घर बगाउँदा दुईजनाको ज्यान गयो , ३ जना बेपत्ता - Update

 


म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।

घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिनुभयो । घटनास्थलमा रहनुभएका तारा रोकाका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ । त्यस्तै ५ वटा खच्चड र अन्य खाद्यान्न समेत पहिरोले बगाएको छ ।

गोठे र उहाँकी श्रीमति गोरी बिक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक वेपत्ता भएका हुन् । स्थानीयबासीहरुले वेपत्ताको खोजी गरिरहेका छन् । घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ ।

Post a Comment

Previous Post Next Post