स्याङ्गजाका हाराएका एक पुरुष मृत भेटिए - Syangja


स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत्त फेला परेका छन् ।

वालिङ–१२ लामपात छोराको घरमा हिँडेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिबार बिहान लामपातेस्थित गोरेटो बटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

यो पनि :

स्याङ्गजामा भीरबाट लडेर एक बृद्वको ज्यान गएको छ   ।  

आज शनिबार बिहानै घाँस काट्न गएका आँधीखोला गाउँपालिका–२ रंगेठाटीका एकसठ्ठी बर्षीय देव सार्की नाम गरेका बृद्वको भीरबाट लडेर ज्यान गएको हो ।

स्थानीयका अनुसार घाँस काट्दै गर्दा उनि अचानाक लडेर झण्डै ८० मिटर तल पुगेका थिए   । भीरबाट लडेका उनको लडेपछि घटना स्थलमै ज्यान गएको हो ।


यो पनि : 

 तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । साँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

 महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ ।


Post a Comment

Previous Post Next Post