आज स्याङ्गजाका २७ जना सहित गण्डकी प्रदेशमा थपिए १३७ जना संक्रमित -Syangja Update


पोखरा , साउन २९ । पछिल्लो २४ घण्टामा  स्याङ्गजाका  २७  जना सहित गण्डकी प्रदेशमा १३७ जना कोरोना संक्रमित थपिएका छन्   ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो  ।

त्यस्तै अन्य संक्रमित हुनेहरुमा  मुस्ताङका २ जना, म्याग्दीका ४ जना, कास्कीका ७१ जना लमजुङका ११ जना, तनहुँक ३ जना, नवलपरासी पूर्व का ४ जना,  पर्वतका १ जना र बाग्लुङका १४ रहेको गण्डकी  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ  ।

यो सँगै गण्डकीमा  हालसम्म संक्रमित हुनेहरुको संख्या १०३६०९ पुगेको समेत निर्देशनालयले जनाएको छ  ।

आज पछिल्लो २४ घण्टामा गोरखा र मनाङमा भने  कुनैपनि संक्रमित थपिएका छैनन्  ।

Post a Comment

Previous Post Next Post