पहिरोका कारण मुग्लिन -नारायणगढ सडक खण्ड अवरुद्द- Update

  

सांकेतिक तस्विर 

भरतपुर, साउन १६ गते । अविरल बर्षाका कारण मुग्लिन -नारायणगढ सडक खण्ड अवरुद्द भएको छ । 

केहि दिनको लगातार बर्षाले सडकखण्डको भरतपुर महानगरपालिका–२९ घुमाउने भन्ने स्थान  नजिकै लेदोसहितको पहिरो खस्दा दुबैतर्फको  सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम भैरहेपनि अझै सम्म बाटो खुल्न नसकेको प्रहरीले जनाएको छ । 

बर्षा संगै हिलो लेदो बगिरहेको स्थानीयले बताएका छन् । यस समयमा अति आवश्यक नपरी यात्रा नगर्न पनि सर्वसाधारणमा अनुरोध गरिएको छ ।

Post a Comment

Previous Post Next Post