स्याङ्गजा जिल्ला प्रशासन कार्यालयले जारी गर्यो सर्वसाधारणका लागि जरुरी सुचाना : Syangja Update



जिल्ला प्रशासन कार्यालय स्याङ्गजाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ को नयाँ भेरियण्ट सहितको संक्रमण स्याङ्गजा जिल्लामा समेत तिव्र रुपमा बढ्दै गएको भन्दै सूचना जारी गरेको छ  ।
सुचना जारी गर्दै स्याङ्गजाले कोभिड  रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन भन्दै भिडभाड हुने क्रियाकलाप नगर्न नगराउन सुचित गरेको हो ।
सुचनामा भनिएको छ :
'विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ को नयाँ भेरियण्ट सहितको संक्रमण यस जिल्लामा समेत तिव्र रुपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयको च.नं.०५ मिति २०७९/४/२ तथा च.नं. ३३ मिति २०७९ / ४/६ को निर्देशन तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्र (DCMC) स्याङ्जाको मिति २०७९ ४ १५ को बैठकको सिफारिस समेतका आधारमा देहाय बमोजिमको सूचना जारी गरिएको छ ।


१. घर बाहिर निस्कदाँ अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुहुन, २. धेरै मानिसहरु भिडभाड हुने क्रियाकलाप नगर्न नगराउनुहुन,


३. विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनश्वास्थको मापदण्ड पालना गरेर मात्रै संचालन गराउनुहुन


४. सपिङ मल, होटल तथा रेष्टुरेण्ट वा अन्य प्रकारका व्यापार, व्यवसाय संचालन गर्दा जनस्वास्थयका


मापदण्ड पालना गरेर मात्रै संचालन गराउनुहुन, ५. जिल्ला भित्रमा सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको


पालना गरी सार्वजिनक सेवा प्रवाह गराउनुहुन,


६. जुनसुकै सेवा वा निकायमा कार्यरत व्यक्तीले कोभिड - १९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परिक्षण गराउनु हुन,


७. यस सूचनामा उल्लिखित भए बाहेकका अन्य सेवा तथा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्था, कलकारखानाहरुले त्यस्तो सेवा वा कार्य संचालन गर्दा गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न गराउनुहुन


साथै कोभिड - १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि समय-समयमा नेपाल सरकार तथा यस कार्यालयबाट जारी गरिएका सूचनाहरुको परि पालना गर्ने गराउने कार्यमा सबै राजनितिक दल, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चार जगत लगायत आम नागरिकहरु सबैलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनको लागि अनुरोध गरिन्छ ।'


Post a Comment

Previous Post Next Post