त्रिभुवन विश्व विद्यालयद्वारा जारी विज्ञप्ति - TU


त्रिभुवन विश्व विद्यालयले परीक्षालाई मर्यादित गराउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै बिज्ञप्ति जारी गरेको छ । 

त्रि वि ले बी बी ए छैटौं सेमिस्टरको परिक्षामा प्रश्नपत्र सम्बन्धि कार्यमा मर्यादा विपरित कार्य गरेको पाईएको भन्दै बिज्ञप्ति जारी गरेको छ ।

'परीक्षाको प्रश्नपत्र सम्बन्धि कार्यमा मर्यादा विपरित कार्य गरेको पाईएको हुदा उक्त प्रश्नपत्र निर्माणमा सलग्न व्यक्तिहरुलाई यस संकायको परीक्षा समितिको निर्णय अनुसार त्रि वि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५०, परिच्छेद ६(ग) को व्यवस्था अन्तर्गत कारवाही गरिएको व्यहोरा जानकारी गराईन्छ ' बिज्ञप्तिमा भनिएको छ ।

त्यस्तै  विद्यार्थीवर्गमा पर्न गएको कठिनाई प्रति दुःख व्यक्त गर्दै व्यवस्थापन संकाय डीन कार्यालय परीक्षालाई मर्यादित गराउने कुरामा प्रतिवद्धता रहने कुरा समेत विज्ञप्तिमा उल्लेख छ ।

पुरा बिज्ञप्ति :

त्रि. वि. व्यवस्थापन संकाय डीन कार्यालय परीक्षा नियन्त्रण महाशाखाबाट सञ्चालन भएका BBA 6th Semester को मिति २०७९- ०३ - २२ गते सञ्चालित MGT 203 Organizational Behavior विषय र २०७९- ०३- २५ गते सञ्चालित SOC 202: Nepalese Society and Politics विषयको परीक्षाको प्रश्नपत्र सम्बन्धि कार्यमा मर्यादा विपरित कार्य गरेको पाईएको हुदा उक्त प्रश्नपत्र निर्माणमा सलग्न व्यक्तिहरुलाई यस संकायको परीक्षा समितिको निर्णय अनुसार त्रि वि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५०, परिच्छेद ६(ग) को व्यवस्था अन्तर्गत कारवाही गरिएको व्यहोरा जानकारी गराईन्छ साथै परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या तथा कमिकमजोरीहरुको विस्तृत अध्ययन तथा छानविन गरि राय सुझाव पेश गर्न आजकै मितिदेखि लागुहुने गरि एक उच्च स्तरिय समिति गठन गरिएको समेत सवैमा जानकारी गराईन्छ। यसवाट विद्यार्थीवर्गमा पर्न गएको कठिनाई प्रति दुःख व्यक्त गर्दै व्यवस्थापन संकाय डीन कार्यालय परीक्षालाई मर्यादित गराउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस सम्बन्धि कार्यमा संलग्न शिक्षक, विद्यार्थी, कर्मचारी एवं समाजका सबै वर्गहरुबाट सल्लाह सुझाव एवं सहयोगको अपेक्षा गर्दछ।


Post a Comment

Previous Post Next Post