फेसबुकमा साटासाट भएका अन्तरङ्ग भिडियो सार्वजनिक गरिदिएको आरोपमा स्याङ्जाकी एक युवती पक्राउ-Syangja Update

सांकेतिक तस्विर 


स्याङ्जा- सामाजिक सञ्जाल मार्फत अनलाइन दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छिन्  । सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट मित्रताको बहाना बनाइ साथी बनेपश्चात्  अनलाइन दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी हुन्  ।


अनलाइन दुर्व्यवहार गरेको आरोपमा  भिरकोट नगरपालिका   वडा नम्बर  ३ खुर्सानी डाँडा घर भई  स्याङ्जा पुतली बजार नगरपालिका वडा नम्बर  १३ गिजिन डाँडा बस्ने वर्ष ४२ की ज्ञानु थापालाई प्रहरीले पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा गएको जेठ २४ गते  थापालाई पक्राउ गरिएको हो ।

पीडित महिलाले दिएको जाहेरी अनुसार थापाले उनका प्रेमी सङ्गका तस्बिर र भिडियो दुरुपयोग गरेको प्रहरीले जनाएको छ  ।

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट मित्रताका लागि आएको अनुरोध आफूले  स्वीकार गरी म्यासेन्जरमा कुराकानी हुने क्रममा आफूहरूले एक अर्कालाई मन पराई प्रेम सम्बन्धमा समेत रहेका व्यक्ति सँगको सम्बन्धलाई लिएर अनलाइन संवादको क्रममा भएका केही अन्तरङ्ग फोटो तथा भिडियो समेत साटा साट भएको र तिनै फोटो भिडियो को दुरुपयोग भएको पीडित महिलाको दाबी छ ।

यता पुरुष विवाहित रहेको थाहा पाई आफूले  संवाद टुटाए पश्चात् उक्त फोटो, भिडियो र तस्बिरहरूमा कोही कसैले अनधिकृत पहुँच बनाई, भाउजूको म्यासेन्जरमा पठाई, दुःख हैरानी दिई, चरित्रहत्या गरेकोले उक्त कार्यमा संलग्न व्यक्ति पत्ता लगाई कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले ब्युरोमा निवेदन दिएकी थिइन्  ।

प्राप्त निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट खुल्न आएकी थापालाई  स्याङ्जाबाट पक्राउ गरी सम्मानित काठमाडौँ जिल्ला अदालतको  जेठ  २५ गतेको आदेशले दिन ०७ (सात) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ  ।

Post a Comment

Previous Post Next Post