पौष २४, सिराहाको एक निजि विद्यालयकि छात्राको स्प्रिट खुवाएर ज्यान गएको परिवारले दाबि गरेको छ । मिर्चैयामा अवस्थित सगरमाथा बोर्डिङ स्कूलमा एक शिक्षिकाले किशोरीलाई स्पिरिट खुवाइदिएपछि मृत्यु भएको आरोप परिवारजनले लगाएको हो ।
सोहि विद्यालयको कक्षा ८ मा पढने सिर्जना कुमारी महरालाई विद्यालयमा पढाउने शिक्षिका अम्बिका लम्सालले पानीको सट्टा स्पिरिट खुवाएको आरोप परिवारले लगाएको हो ।
शुक्रबार बिहान पेट दुखेपछि उनले सोही विद्यालयमा पढाउने शिक्षिका लम्साललाई दुःखेसो पोखेको र शिक्षिका लम्सालले उनलाई एक टयाबलेट औषधि दिँदै पानीको सट्टा स्पिरिट खुवाएको आरोप परिवारको छ । पेट दुःखाई निको हुने औषधि भनेर एक ट्याबलेट दिएको र कोल्ड ड्रिन्कको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्पिरिट नै खुवाइदिएको परिवारको दाबि छ । स्रोतका अनुसार शिक्षिकाले बोतलमा पानी नै रहेको र केही गन्ध मात्रै आएको भन्दै स्पिरिट खुवाएकी थिइन् ।
सिर्जनालाई गार्हो हुँदै गएपछि कर्जन्हामा रहको फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
Tags:
News