माछा मार्ने क्रममा बाबु छोराको ज्यान गयो , आमा घाइते - Update



तनहुँ , भाद्र ३ गते  । तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको ज्यान गएको छ ।

तनहुँको   शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको ज्यान गएको हो  । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार  विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको र   एक जना घाइते भएका हुन्  । मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदी ब्याम्बो रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिए । 

स्थानीयका अनुसार अचानक करेन्ट लागि तीनैजना गम्भीर घाइते भएका थिए। 

 घाइते भएकी  १९ वर्षया दिलमाया ब्याम्बोको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post