![]() |
सांकेतिक तस्विर |
असार ३० गते । काठमाडौंको चण्डोलबाट बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका –५ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ डिल्लीबजार बस्ने ४२ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।
उनले २०७५ फागुन ५ गते प्राइम कमर्सियल बैंकमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ् कसूर मुद्दामा असार ५ गते फैसला गरी बैंकिङ् कसूर ठहर गरेको थियो ।
उनीमाथी बैंकिङ् कसूर सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३० दिन कैद र एक करोड ५९ लाख जरिवाना हुने ठहर गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फरार रहेका महिलाको खोजतलास गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेको खबर गोरखापत्र दैनिकमा छ ।
Tags:
News