काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन्।
विदाको दिन मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका प्रहरी वृत्त बौद्धले जनाएको छ।
बेपत्ता भएका उनको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनामध्ये फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।
Tags:
News