पोखरा , साउन ११ गते । आज पछिलो २४ घण्टा स्याङ्गजाका १६ जना सहित गण्डकी प्रदेशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पालिका भर २३ महिला र २१ पुरुष गरि जम्मा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसै संक्रमित हुनेहरुमा कास्कीका ७ महिला र १० पुरुष गरि १७ जना , लमजुङका महिला र पुरुष ३/३ जना गरि ६ जना , तनहुँकी १ महिला, नवलपरासी पूर्वका २ जना पुरुष, बाग्लुङका २ जना महिला रहेको निर्देशनालयले जनाएको छ ।